Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ । गृहमन्त्रीको पदबाट बाहिरिएपछि लामिछानेमाथि अनुसन्धान प्रक्रिया तिव्र भएको हो । यसअघि, लामिछाने गृहमन्त्री बनेपछि मुद्दाको अनुसन्धानमा ढिलाइ भएको थियो । संसद्को समितिबाट प्रतिवेदन आएको केही समयपछि छानविन कार्यलाई पुनः गति दिइएको हो ।

कास्कीका प्रहरी अधिकारीहरूले मुद्दा दर्ता गर्न प्रतिवेदन तयार पार्न केही दिन लाग्ने बताउँदै आएका छन् । सम्पत्ति शुद्धीकरण विभागमा समेत मुद्दा दर्ता गर्नुपर्ने प्रक्रिया अघि बढाइएको छ । सहकारी ठगी प्रकरणमा अन्य सञ्चालक र पूर्वसञ्चालकहरूलाई पहिले नै कानुनी दायरामा ल्याइएको थियो तर, रवि लामिछानेको गृहमन्त्री पदका कारण उनीमाथिको अनुसन्धान लामो समयसम्म स्थगित भएको थियो । सहकारी छानविन समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, र जिबी राईलाई पनि कानुनी प्रक्रियामा ल्याउन सिफारिस गरेको छ ।

छानविन समितिको निष्कर्ष अनुसार यिनीहरूलाई सहकारीका बचतकर्ताहरूको रकम अपचलन गरेको आरोप लागेको छ । समितिले आफ्नो प्रतिवेदन संसदमा बुझाइसकेपछि सभामुखले प्रतिवेदन सरकारलाई कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकले पनि प्रतिवेदनलाई गृह मन्त्रालयमा पठाएर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले प्रतिवेदन प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । अब आवश्यकतानुसार यो प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइनेछ, जहाँ मुद्दा दर्ता प्रक्रिया अघि बढाइनेछ ।

जिबी राईले सहकारीका बचतकर्ताको रकम रविसमेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा लगेको र रवि लामिछाने समेतले उक्त रकम अपचलन गरेको समितिको निष्कर्ष छ । समितिले रवि लामिछानेले आफैँ चेक काटेर के कति रकम कहाँकहाँ खर्च गरे भन्ने पनि प्रतिवेदनमै उल्लेख गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको