Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँते प्रतियोगितामा साउथवेस्टन स्कुलका विद्यार्थीहरुको उत्कृष्ट प्रदर्शन

admin

काठमाडौं, पुस-०३ ।

३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँते प्रतियोगिता सम्पन्न भइसकेको छ । ३ नं. प्रदेश भित्रका विभिन्न संघ संस्था तथा बिद्यालयबाट विभिन्न तौल समूहका खेलाडीहरुले उक्त प्रतिस्पर्धामा भाग लिएका थिए ।

काठमाडौको गोंगवुस्थित साउथवेस्टन स्कुलबाट भाग लिएका खेलाडीहरुले प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी ३ स्वर्ण, १ रजत र ४ काँस्य पदक जित्न सफल भएका छन ।

doramba cup

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दीपक भण्डारीका अनुसार बिद्यालयको तर्फबा २० के.जी. तौल समूहमा भूमि थापा मगर ले प्रथम स्थान हात पार्न सफल भएकि छन् भने ,सोही समूहको काटा तर्फ पनि उनले प्रथम स्थान हात पारेकी छन् । त्यस्तै ६५ के.जी तौल समूहमा सोहि बिद्यालयका प्रतिक गुरुङ ले प्रथम स्थान हात पार्न सफल भएका छन् भने ४० के.जी समुहको काटा तर्फ साउथवेस्टनकै राज गुरुङले दोस्रो स्थान प्राप्त गरेका छन् । त्यसै गरी ४५ के.जी महिला समूह अन्तर्गत साउथ वेस्टनकै वृषा गुरुङले कराँते तथा काटा, दुवै खेलमा तृतिय स्थान हुन सफल भएकी छन् भने ५० के.जी तौल समूह अन्तर्गत काटामा साउथ वेस्टनकै मेघा राना मगर ले तृतिय स्थान हात पारेकी छन्

doramba

यस किसिमको प्रदर्शन र नतिजा निकाल्न सफल साउथवेस्टन स्कुल उपत्यकामा नै उत्कृष्ट रहेको प्रशिक्षक सरिता सापकोटाको दाबी छ ।
यहि मंसिर २८ गते प्रशिक्षक सरिता सापकोटामो नेतृव्तमा काठमाडौं देखि दोरम्बा प्रस्थान गरेको उक्त टोली निकै खुसि तथा उमङ्गका साथ आज काठमाडौं आइपुग्ने छन । त्यस लगत्तै टोलीलाई विद्यालयले सम्मान गर्ने कार्यक्रम रहेको जानकारी भण्डारीले दिए ।

doramba


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको