मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।
यसअघि सरकारको विरोधमा आन्दोलन गरेजका कारण उनी प्रशासनको निगरानीमा थिए ।
गत बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायी प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको आरोपमा पुर्जी जारी भएको थियो ।
विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले त्यसको दोष प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका थिए ।
लोकप्रिय समाचार