Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी

Reporter

श्रीलंकामा शनिबार भएको राष्ट्रपतीयता चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेश्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने विजेता भएका छन् ।

४४ प्रतिशत बढी मत ल्याएका उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले क्रमशः १७ र ३३ प्रतिशत मत ल्याएका छन् । अनुराको सोमबार सपथ हुने भएको अलजजिराले उल्लेख गरेको छ ।

उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ । बीबीसी लगायतका विश्व मिडियाले कुनै उम्मेदवार को ५० प्रतिशत मत नकटेकोले चुनाव ऐतिहासिक रूपमा दोस्रो चरणमा जाने उल्लेख गरेका थिए ।

तर, अलजजिरा र अरु मिडियाले हालसालै सार्वजनिक गरेको समाचारमा मतदाताको आफूले मत दिएपछिको दोस्रो रोजाईमा सबैभन्दा धेरै परेका उम्मेदवार पनि अनुरा भएपछि विजय घोषणा गरिएको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको