Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी

Reporter

श्रीलंकामा शनिबार भएको राष्ट्रपतीयता चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेश्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने विजेता भएका छन् ।

४४ प्रतिशत बढी मत ल्याएका उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले क्रमशः १७ र ३३ प्रतिशत मत ल्याएका छन् । अनुराको सोमबार सपथ हुने भएको अलजजिराले उल्लेख गरेको छ ।

उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ । बीबीसी लगायतका विश्व मिडियाले कुनै उम्मेदवार को ५० प्रतिशत मत नकटेकोले चुनाव ऐतिहासिक रूपमा दोस्रो चरणमा जाने उल्लेख गरेका थिए ।

तर, अलजजिरा र अरु मिडियाले हालसालै सार्वजनिक गरेको समाचारमा मतदाताको आफूले मत दिएपछिको दोस्रो रोजाईमा सबैभन्दा धेरै परेका उम्मेदवार पनि अनुरा भएपछि विजय घोषणा गरिएको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको