Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा भारतीय ट्रक

Reporter

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको