Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

कावा प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता

Reporter

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालय भित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।

‘सम्मानित प्रधानमन्त्रीज्यूसँग मैले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको थिएँ । ती प्रतिबद्धताअनुसार कार्यसम्पादनमा बाधा अड्चन नआउने गरी आयोजनाहरू समयमा सम्पन्न हुने गरी कार्यसम्पादन सम्झौता अक्षरश पालना हुने विश्वास लिएको छु,’ कार्यसम्पादन सम्झौतापछि सिंहले भने ।

उनले मन्त्रालयको कामलाई जनताले अनुभूति गर्नेगरी अगाडि बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनाबद्ध शहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध शहरीकरणद्वारा राष्ट्रको विकास गर्ने गरी कार्यसम्पादन सम्झौता गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको