Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

मेरो उम्मेदबारी संगठनलाई विधि र विधानमा हिडाउनका निम्ति हो : पवन कार्की

Reporter

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आसन्न सम्मेलनलाई लिएर विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेश गर्न थालेका छन् । यसैक्रममा पवन कार्कीले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कार्की हाल केन्द्रीय उपाध्यक्ष छन् ।

क्रान्तिकारीको २३औं सम्मेलन यही असोज १०-१४ मा काठमाडौंमा तय गरिएको छ । उनले एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई, उत्तरहरूको आन्दोलन बनाउन भएको बताएका छन् ।

‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको हैन, उत्तरहरूको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा वहाली गर्नका निम्ति हो’, उम्मेदवारीको औचित्य दिँदै कार्कीले लेखेका छन्, ‘मेरो उम्मेदवारी राजनीतिक एजेण्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनलाई विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति हो । र, मेरो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिडाउनका निम्ति हो ।’

आज विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनेर स्यालहुइयाँ पिट्ने प्रवृत्तिले टाउको उठाउन खोजिरहेको कार्कीको जिकिर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको