Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

वर्षाका कारण आन्तरिक हवाई उडान प्रभावित

Reporter

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराट्नगर र सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् ।

खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरू प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिममा धनगढी, नेपालगञ्ज र भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरू सुचारु रहे पनि अन्य गन्तव्यहरूमा उडान हुन नसकेको कम्पनीले जनाएको छ ।

विमानस्थल प्रशासनका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले केही विमानसथलमा हवाई सुचारु रहे पनि माउनटेन फ्लाइटहरू रद्द भएका छन् । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तरराष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । जसकारण हवाई तथा सडक यातायात प्रभावित भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको