Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

इपी एजुकेशनको प्रस्तुतीमा बनेको चलचित्र ‘कागजपत्र’ को फर्स्ट लुक सार्वजनिक

admin

nepali movie kagajapatra

काठमाडौं, पुस ४ ।

विदेशमा रहेर नेपाली चलचित्रसँग साइनो जोड्ने नेपाली युवाले मिस्टर भर्जिनपछि फेरि नयाँ कथानक चलचित्र ‘कागज पत्र’ चाडै नै फिल्मी बजारमा ल्याउने भएका छन्।

आगामी चैत ८ गते रिलिज मिति तय गरेर निर्माण गरिएको चलचित्रको फस्टलुक र पोस्टर मंगलबार एक कार्यक्रमविच सार्वजनिक गरिएको छ ।

चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई देखाइएको छ।

इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार गरिएको चलचित्रमा अपिल बिष्ट्को लेखन तथा निर्देशन रहेको छ ।

सामाजिक कथावस्तुलाई समेटेर तयार पारिएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए। निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष बनेका छ।

अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएर बसेको कानुन ब्यवशायी खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले चलचित्रमा लगानी गरेका छन।

चलचित्रमा बसन्त सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ।

‘हामी विदेशमा रहे पनि नेपाली भाषा, संस्कृति र कलाबाट पर रहन सक्तैनौ त्यसैले पनि हामीले यसक्षेत्रमा केहि फरक स्वादको चिज पस्कने प्रयास गरेका छौ’, निमार्तामध्येका एक प्रजापती सिवाकोटीले जनाए।

चलचित्रका अर्का लगानीकर्ता खिलेन्द्र तिम्सीनाले मिस्टर भर्जिनपछि नयाँ सोचका साथ कागजपत्र दर्शक माझ प्रस्तुत गर्न लागेको जनाए। ‘हामी पहिलो चलचित्र बनाउँदा नौलो र पहिलो थियौ अब त्यसले हामीलाई धेरै कुरा सिकाएको छ, हामी अब केहि फरक र अलग बिषयबस्तुका साथ चैतको पहिलो साता कागजपत्र लिएर बजारमा आउँदै छौ’,तिम्सीनाले जनाए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको