Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

“1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love “1win Ci ᐉ Rome Sportifs Durante Hachure ᐉ 1win Côte D’ivoire Be Care Love 1win Giriş 1win Güncel Giriş Adresi 2025 1win Türkiye अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य

एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैनः गृहमन्त्री लेखक

Reporter

गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको  बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको छ ।

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको बताए। क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको उनले बताए।

गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो।‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिविलिटी नभएको मलाई बताउनु भएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो। प्रहरीले सहयोग नगरेको भन्ने होइन’उनले भने,‘चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ। एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको