Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

एयर एसिया थाईको नेपालमा उडान सुरु, कात्तिक ११ पछि भैरहवामा सातामै ४ उडान

Reporter

एयर एसिया थाईले आजबाट नेपालमा नियमित उडान गर्ने भएको छ । यो वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजे आउने र ३ बजे फर्कने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ ।

एयर एयसिया थाईले काठमाडौंमा ४ र अर्को ४ वटा उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने गरी अनुमति पाएको छ । गौतमबुद्ध विमानस्थलबाट भने तत्कालै उडान नहुने भएको छ ।

यो वायुसेवाले भैरहवामा पनि उडान गर्ने शर्तमा मात्रै काठमाडौं विमानस्थलबाट उडानको अनुमति पाएको हो । एयर एसिया थाईले भैरहवाको लागि भने केही समय तयारी गर्नुपर्ने भन्दै समय मागेको उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आजबाट काठमाडौंमा उडान सुरु गर्ने र तीन बजे जहाज फर्किएर गएपनि एयर एसिया थाईका केही पदाधिकारी भैहरवा विमानस्थलको निरीक्षणमा जाँदै छन् । ती अधिकारीले विमानस्थलको स्थलगत निरीक्षणपछि उडान तालिका बनाउने गरी तयारी गर्ने भएका छन् ।

प्राधिकरणले आगामी ११ कात्तिक (२७ अक्टोर)बाट लागू हुने विन्टर सेड्युलबाट भैरहवामा उडान गर्ने शर्त राखेको छ । प्राधिरकणको शर्तलाई स्वीकार गरेर मात्रै एयर एसिया एक्सले बुधबारदेखि काठमाडौंमा उडान थालेको हो । यसले सातामा ४ वटा उडान काठमाडौंमा गर्ने छ ।

प्राधिकरणले यो वायुसेवालाई उडान अनुमति दिँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न जोड गरेर अनुमति दिएको हो । प्राधिकरणले भैरहवाबाट हुने उडानलाई जोड दिएकै कारण सातामा काठमाडौंबाट भन्दा बढी उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिइएको पनि प्राधिकरणको भनाइ छ ।

यो वायुसेवाले नेपालमा उडान बन्द गरेसँगै उडान शुरुवातको गन्तव्य परिवर्तन गरेर पुनः सेवा सुरु गरेको हो । यसले मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा ६ वर्ष नियमित उडान गरेको थियो । एयर एसिया एक्स घाटामा जान थालेपछि पाँच वर्षदेखि नेपालमा यसको उडान बन्द छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको