Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

लेस्टर सिटीलाई टाईब्रेकरमा हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

admin

manchester city on semi final

काठमाडौं, पुस ४ ।

लेस्टर सिटीलाई पराजित गरी म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा पछि पार्यो ।

चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान्चेस्टर सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए । अतिरिक्त समयमा धकेलिएको खेलमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान्चेस्टर सिटी ३–१ गोल अन्तरले विजयी भयो ।

लिग कपकै अर्को खेलमा मिडिल्सब्रोलाई १–० ले हराउँदै बुर्टन आल्बियोन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बाँकी दुई क्वाटरफाईनल खेल भने आज राति हुदैछन् । आज आर्सनल र टोटनह्याम हट्सपर भिड्दा चेल्सीले बर्नमाउथसँग खेल्दैछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको