Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

भारतमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

Reporter

दक्षिण भारतको  पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा  ‍हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार मुम्बईको दक्षिण पूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी  देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताएका छन् ।  उनले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरेका छन् ।

उनले दुर्घटनामा मृत्यु वरण गरेका तीनै जनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताएका छन् । हेलिकप्टर विपक्षी राष्ट्रवादी कांग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।

दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्देपी स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोट गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको