भोलिदेखि काठमाडौँबाहिरका आठ वटा विमानस्थल (घटस्थापनादेखि कोजाग्रत पूर्णिमा) सम्म बिहान साढे ४ बजेदेखि राति १२ बजेसम्म खुला हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा सहप्रवक्ता ज्ञानेन्द्र भूलले बढ्दो हवाई चापलाई सम्बोधन तथा चाडवाडलाई लक्षित गरी काठमाडौँ बाहिरका विमानस्थल बिहान साढे ४ बजेदेखि खुला गरिने जानकारी दिए ।
आवश्यकता अनुसार थप अन्य विमानस्थलबाट उडान सञ्चालनममा ल्याइने उनको भनाइ छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढी विमानस्थल साढे ४ बजेबाट सञ्चालनमा आउने छन् ।
लोकप्रिय समाचार