Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

चोरीको अभियोगमा पक्राउ परेर त्रिशूलीमा बेपत्ता भएका मैते तामाङको खोजी कार्य जारी

admin

रसुवा, पुस ५ ।

चोरीको आरोपमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाउँपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोलीसहित तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजी कार्य सुरु गरिएकोे छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको आरोपमामा पक्राउ परेका चारमध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जनाए ।

माथिल्लो त्रिशूली थ्री ‘ए’को निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थित पैरेबेँसी भन्ने स्थानमा आएपछि शौच गर्ने बहानामा भाग्ने क्रममा तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

तामाङ बेपत्ता भएपछि आक्रोशित स्थानीयवासीले बुधबार मैलुङ प्रहरी चौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाउनाका साथै प्रहरीको एक गाडीमा पनि क्षति पुर्याएकाले प्रहरीले पाँच राउन्ड हवाइफायरसमेत गरेको थियो ।

घटनालाई लिएर उत्पन्न विवाद समाधानका लागि मैलुङमा सरोकारवाला पक्षबीच छलफल आह्वान गरिएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । (रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको