Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

प्रहरी निरीक्षक बिनु शाही निलम्बित

Reporter

गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको प्रशासन स्रोतले जानकारी दिएको छ।

शाहीमाथि प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुखको रूपमा कार्यरत रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।

उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो। सो घटनामा उनको संलग्नता रहेको आशंकामा ललितपुर प्रहरीले छानबिन अघि बढाएको थियो। ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिको प्रारम्भिक अनुसन्धानबाट शाहीको भूमिका शंकास्पद देखिएपछि उनलाई निलम्बनका लागि सिफारिस गरिएको थियो। गृह मन्त्रालयले सो सिफारिसलाई आधार मानेर निलम्बनको निर्णय गरेको हो। निलम्बनपछि अब शाहीमाथि विस्तृत छानबिन हुने बताइएको छ। छानबिन समितिको अन्तिम प्रतिवेदनपछि मात्र उनको भविष्यबारे थप निर्णय गरिनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको