Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

क्लब विश्वकप फुटबलको फाइनलमा रियाल मड्रिड, बेलले गरे ह्याट्रिक

admin

काठमाडौं, पुस ५ ।

युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ ।

युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३–१ गोल अन्तरले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो ।

जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई जिताउने क्रममा ग्यारेथ बेलले ह्याट्रिक गरे ।

रियाल मड्रिडले अब शनिवार हुने फाइनल खेलमा स्थानिय टोली अल आइन फुटबल क्लबसँग उपाधिको लागि भिडन्त गर्नेछ ।

आबुधाबीको अल आइनले आयोजक देशको लिग च्याम्पियनको हैसियतले क्लब विश्वकप खेल्ने अवसर पाएको थियो ।

सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको रिभर प्लेट फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै अल आईनले फाइनलको लागि स्थान बनाएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको