Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

Reporter

 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु. १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट रु. पाँच करोड हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैंक लिमिटेडबाट रु. दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु. एक करोड, एनएमबी बैंकबाट रु. ५१ लाख, नेपाली काँग्रेसबाट रु. ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु. ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु. ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु. २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको