Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

Reporter

 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु. १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट रु. पाँच करोड हस्तान्तरण भएको छ ।

यसैगरी नेपाल बैंक लिमिटेडबाट रु. दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु. एक करोड, एनएमबी बैंकबाट रु. ५१ लाख, नेपाली काँग्रेसबाट रु. ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु. ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु. ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु. २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको