Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

दुर्गा प्रसाईँ पक्राउको विरोधमा आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु

Reporter

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्दका बेला प्रसाईँका समर्थकको आगजनीमा परेका भारतीय ट्रक चालकको शनिवार राती मृत्यु भएको छ ।

गत असोज ७ गते बिहान २ः५० बजे बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा दुर्गा प्रसाईँका समर्थकहरूले आगजनी गरेका थिए । उनीहरू आगजनी गरी फरार भएका थिए । ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको थियो भने पछाडिको भागमा आंशिक क्षति पुगेको थियो । आगलागीबाट ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बङ्गाल मेडिकल कलेजमा भइरहेकोमा शनिवार राती मृत्यु भएको हो ।

मृतक रायका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । उनीहरूले साँझ ५.३५ देखि ६ बजेसम्म नाकामा अवरोध पुर्‍याएका थिए । भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी साँझ ६.३० बजे मृतकको शव नेपाल पठाएको छ ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको