Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै

साढे ६ लाख ठगी गरेको आरोपमा काठमाडौँबाट ३६ वर्षीया महिला पक्राउ

Reporter

वैदेशिक रोजगारको प्रलोभन देखाएर युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले  काठमाडौँबाट एक महिलालाई पक्राउ गरेको छ।

आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिसीले मौरिसस पठाइदिन्छु भन्दै ५ जना युवाबाट ६ लाख ५० हजार रूपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनी रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कलंकीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको