Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

चतरास्थित सप्तकोशी नदीमा जेटबोट सञ्चालनमा

Reporter

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ। सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको प्रजिअ तिवारीले बताए। बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो।

दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ। चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ।

जेटबोट सञ्चालनमा आएपछि यात्रुलाई भोजपुरको हतुवागढीसम्म यात्रा गर्न थप सहज हुन्छ। यस्ता यात्रुको सङ्ख्या पनि पछिल्ला दिनमा बढिरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको