Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

डा. उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण

Reporter

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

डा।उपाध्यायले सन् २००० मा विधावारिधि गरिसक्नु भएको छ । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि ६ वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको