Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ बलिवुडका संगीतकार एआर रहमान अस्पताल भर्ना

मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण सुरु

Reporter

मेलम्ची नदीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा आपूर्ति सुचारु भएको छ।

मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने मेलम्ची संघर्ष समितिसँग सोमबार भएको सहमति पश्चात् आज सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति सुचारु भएको हो।

यससँगै आजदेखि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन्। मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको थियो।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर संघर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दशैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो।

मन्त्री यादवसहितको टोली र मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा संघर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आएको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको