Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता, लाखौं प्रयोगकर्ताको सूचना चुहावटको आरोप

admin

facebook

वासिंटन, पुस ५ ।

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता भएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि फेसबुकविरुद्द मुद्दा दायर गरेका हुन्।

फेसबुकले उक्त मुद्दाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ । महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौं प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण दुरुपयोग गरेको भनेर उल्लेख गरेको छ ।

फेसबुकले माइक्रोसफ्टको सर्च इन्जिन ‘बिंग’लाई प्रयोगकर्ताका साथीहरुको नाम हेर्न दिएको र ‘अमेजन’लाई प्रयोगकर्ताको नाम खोज्न र प्रयोगकर्ताका साथीहरुका माध्यमबाट सम्पर्कसम्बन्धी बिभिन्न जानकारी हासिल गर्ने अनुमति दिएको आरोप फेसबुकमाथि लगाईएको छ ।

अन्य केही कम्पनीसँग पनि फेसबुकले प्रयोगकर्ताको डाटा चुहाएको आरोप लागेको छ । प्रयोगकर्ताको डाटा लिनुअघि फेसबुक र ती कम्पनीले अनुमति नलिएको जनाइएको छ । (एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको