Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन

Reporter

तीन सातामा खाद्यको गुणस्तर जाँचसम्बन्धी झण्डै एघार सय अनुगमन भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नियमित तथा चाडपर्वलक्षित बजार अनुगमनमा १ हजार ९१ वटा उद्योग व्यवसायमा अनुगमन गरिएको हो ।

असोज १ गतेदेखि सुरु गरिएको अनुगमन मंगलबारसम्म चलेको थियो । यो अवधिमा ५ सय २४ वटा खाद्य बजार, २ सय ६९ वटा खाद्य उद्योग र २ सय ९८ वटा होटेल तथा रेस्टुरेन्टको निरीक्षण अनुगमन गरिएको विभागले जनाएको छ ।त्यस्तै, खाद्य स्वच्छता तथा गुणस्तरको अनुगमनका लागि यो अवधिमा १५७ वटा नमुना संकलन गरिएकोमा खाद्य स्वच्छता सर्भिलेन्सका लागि १५१ वटा नमुना संकलन गरिएको थियो । यो अवधिमा ३ सय ५६ वटा नमुना विश्लेषण गरिएकोमा ७ वटा नमुनाको विश्लेषण प्रतिकुल पाइएको विभागको भनाइ छ । यो क्रममा उपभोग्य मिति गुज्रिएका, लेबल नभएका र खाद्य अनुमतिपत्र नलिएका २३ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको खाद्य पदार्थ नष्ट गरिएको थियो ।

विभागले पछिल्लो साता मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी बजार अनुगमन गरेको थियो । यो मोबाइल भ्यान प्रयोगमा आएसँगै प्रशोधित दूध, तेल, प्रशोधित पिउने पानी, घ्यू, पेय पदार्थ लगायत ९० वटा नमुनाको स्थलगत जाँच गरिएको विभागको भनाइ छ ।

यो अवधिमा ७ खाद्य व्यवसायी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ । ललितपुरको धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योग, धापासीस्थित सनराइज वेभेरेज, बानेश्वर एकता मार्गको अर्जुन डेरी, गोदावरीको प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रशोधन केन्द्र, सिनामंगलको प्राप्ति फुड प्रोडक्ट्स लगायत छन् ।

पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्ड र अभिलेख नपाइए उत्पादन रोक्का उद्योग सिलबन्दी गरिएको थियो ।

सनराइज वेभेरेज नेपालमा अनुमतिपत्र नवीकरण नभएको र अर्कै कम्पनीको जारमा पानी रिफिलिङ गर्ने गरेको भन्दै प्रशोधन कक्ष सिल गरी अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको थियो ।

अर्जुन डेरीमा ढुसी लागेको बटर, घ्यू र चिज बिक्री भएको भन्दै सिल गरिएको थियो । पछि स्थानीय जनप्रतिनिधिको रोहवरमा २४० किलोग्राम बटर, २५ किलोग्राम चीज र ४४ किलोगामा घ्यू नष्ट गरिएको  थियो ।

त्यस्तै, प्रशंसा कलेक्शन एण्ड रिफाइन प्रशोधन केन्द्रमा ९५ किलोग्राम नक्कली घ्यू शिलबन्दी गरी स्थानीय प्रतिनिधिको रोहबरमा नष्ट गरिएको विभागले जनाएको छ । प्राप्ति फुड प्रोडक्ट्स घ्यूको नमूना न्यून गुणस्तरको पाइएपछि ८० किलोग्राम घ्यू र ३० किलोग्राम नौनी नष्ट गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको