Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा

Reporter

काठमाडौं ।  रेस्लिङ क्षेत्रमा ‘युनिका’ उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरिएको छ।

भगवती खड्काले नेतृत्व गरेको नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकामा रहेको ५,६४४ मिटर उचाइको कालापत्थरमा रेस्लिङ प्रतियोगिता आयोजना गरेको थियो। यो विशेष रेस्लिङ खेल गत जेठ १६ (मे २९) मा ‘ एभरेष्ट डे’ का अवसरमा सम्पन्न भएको थियो । त्यहाँ भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच प्रतिस्पर्धा भएको थियो। उक्त भिडन्तमा भगवती विजयी बनेकी थिइन्।

भगवती खड्काले यति उचाइमा रेस्लिङ खेलको आयोजना विश्वमै पहिलोपटक भएको जानकारी दिँदै, यसका कारण आफ्नो नाम वर्ल्ड बुक अफ रेकर्ड्स मा समावेश भएको बताइन्। यो खेलमार्फत भगवतीले आफ्नो बाल्यकालदेखि देखेको विश्व कीर्तिमान बनाउने सपना पूरा भएको महसुस गरेकी छन्।

उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् भने अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले खेलको समन्वय र सहजीकरण गरेका थिए।

वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक विशेष कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे। भगवतीले आगामी दिनमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स मा पनि आफ्नो नाम दर्ता गराउन पहल भइरहेको जानकारी दिएकी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको