Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ हुँदै १४ सय घरभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालकाे हत्या प्रतिनिधिसभा बैठक बस्दै रवि लामिछाने ५४ लाख धरौटीमा रिहा

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख रुपैयाँ हस्तान्तरण गरे ।

कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिएको कर्पोरेसनले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको