Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

आज एक लाख यात्रुले छाडे उपत्यका

Reporter

बडादशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या फूलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ ।

काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर लगायतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।

उपत्यकाका विभिन्न नाकाबाट अन्य दिनको तुलनामा मंगलबार र बुधबार धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।दैनिक एक लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्दा दैनिक करिव ३० हजार सर्वसाधारण उपत्यका भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको