Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

आजदेखि वीपी राजमार्ग सञ्चालनमा

Reporter

पहिरोका कारण दशैंको मुखैमा विभिन्न स्थानमा सडक नै बगेको वीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने दाबी गरिएको छ।
यस्तो दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

उनले भनेका छन्,‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केही बेर अघि टेलिफोनमा कुरा भयो। उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ।’

विहीबार ओलीले लेखेका छन्,‘भोली (शुक्रबार) बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोली राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद!’

वीपी राजमार्ग नखुलेका कारण मधेस, कोशी प्रदेशलगायतका पूर्वी नेपाल पुग्ने यात्रुलाई सकस परेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको