Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

Reporter

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूवर्क पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गर्नुभएको हो ।

बडादशैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गर्नुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको