Logo
01 Nov 2024    १६ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

माडी नदीमा २ जनाको शव फेला ‘सिजल एण्ड सिस्टर’ले काभ्रेका २५० परिवारलाई वितरण गर्यो राहत सामाग्री अमेरिकामा मनाइयो कुकुर तिहार गैरकानुनी रूपमा सडकमा कर नउठाउन स्थानिय तहलाई गृहको निर्देशन भारतमा ‘देवभुमी आईकन अवार्ड’ सम्पन्न लक्ष्मीपूजाको दिन हिजो बिजुलीको उच्च माग, १ हजार ६ सय २ मेगावाट

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन्।

विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे। ‘जो जहाँ छौ, पीडामा परेकाहरुको पीडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु’, उनले भने।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन्। ‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ।

भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन’, उनले भनेका छन्, ‘दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो। कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो।’

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको