Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

महाराष्ट्रका एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानि हत्या

Reporter

काठमाडौं। भारतको महाराष्ट्रका अजित पवार नेतृत्को राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानि हत्या गरिएको छ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो। त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो। यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए।

मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको बताए। पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका रहेका छन्।

झण्डै ४८ वर्षदेखि कांग्रेसमा रहेका बाबा सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका थिए। बाबा सिद्दिकीले १६-१७ वर्षको उमेरदेखिनै कांग्रेसमा काम गर्न थालेका थिए। १९९२ र १९९७ मा, बाबा सिद्दीकी कांग्रेसको टिकटमा मुम्बई सिविक बडीको लागि निर्वाचित भएका थिए। बाबा सिद्दीकी सन् १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए। सन् २००४ र २००९ मा पनि बाबा सिद्दीकीले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए।

बाबा सिद्दीकी सन् २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्ति मन्त्री बनेका थिए।

२०१७ मा, ईडीले मनी लान्ड्रिंग केसमा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो। त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् र उनका छोरा जीशान बढी सक्रिय थिए । २०१४ मा बाबा सिद्दीकी बान्द्रा पूर्वबाट भाजपाबाट हारे तर २०१९ मा उनका छोरा जीशान सिद्दीकी विजयी भए।

उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक थिए। यस क्षेत्रमा धेरै बलिउड सेलिब्रेटीहरू बस्छन् । हरेक वर्ष रमजानको महिनामा बाबा सिद्दिकीको इफ्तार पार्टीको चर्चा हुने गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको