Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

Reporter

पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि लडाइँमा संलग्न छन् । कुर्रममा दुई सम्प्रदाय बीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ ।

सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारीको मृत्यु भएको थियो ।

जुलाईदेखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केही शान्त भएको जनाइएको छ ।

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । यद्यपि, उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरू अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरू हुन सक्ने जनाइएको छ ।

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको