Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

कंगनालाई फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ कपी गरेको आरोप

admin

kangana ranaut

काठमाडौं, पुस ५ ।
कंगना रनावतको पछिल्लो फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ को ट्रेलर नोभेम्बरमा १८ रिलिज भयो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ्को रुपमा प्रस्तुत भएकी थिइन् ।

दर्शकले फिल्मको ट्रेलर खुब रुचाएका छन् । ट्रेलरको एक दृश्यमा कंगना एक्सनमा उत्रिएकि छिन् । सबै राम्रो भए पनि ट्रेलर केही दृश्यमा हल्का भएको समिक्षकहरुले जनाएका छन । एक्सन सिनका लागि भिएफएक्सको प्रयोग भएको प्रस्टै रुपमा देखिन्छ ।

केही सिन बलिउडका पछिल्लो समयका केही ऐतिहासिक फिल्मबाट कपी गरिएको आरोप समेत लागेको छ । बलिउडमा योभन्दा पहिले केही ऐतिहासिक फिल्म बनेका छन् । योेद्धामा आधारित यस्ता फिल्मको खास मजा फाइट र खतरनाक एक्सन सिनमा नै हुने गर्दछ ।

कंगनाले यिनै फिल्मबाट प्रेरित भएर नक्कल गरेको भन्ने आरोप उनलाई लागेको छ । ‘मेहोन्जोदारो’, ‘बाहुबली’, ‘जोधा अकबर’, ‘बाजिराओ मस्तानी’लगायत ऐतिहासिक फिल्मबाट प्रेरित भएको उनीमाथि आरोप लागेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको