सातौं संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन्। प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ। भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ।
लोकप्रिय समाचार