Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

दुई महिनामा २ खर्ब ६२ अर्बको आयात

Reporter

चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४.७ प्रतिशतले कमि आएको व्यापार घाटा यस बर्ष भने बढेको हो । आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्मको तथ्यांकले यस्तो देखाएको हो । आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटेर २५ अर्ब ९ करोड रुपैयाँमा खुम्चिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । त्यस्तै, यस अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले बृद्धि भई २ खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको