राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टीको राजनीतिमा सक्रिय हुने भन्दै उनले राजीनामा दिएको बताइएको छ ।
अनुशासन आयोग प्रमुख भरतमणि देवकोटाले न्यौपानेले दिएको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए ।
कानुन व्यवसायी समेत रहेका उनी अब सक्रिय राजनीतिमा आउने बताइएको छ ।
लोकप्रिय समाचार