Logo
02 Nov 2024    १७ कार्तिक २०८१, शनिबार

ताजा खबर

विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै ‘नेपाल संवत् ११४५’ ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पाैडेल नेवारी समूदायको म्हः पूजा आज अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित तिहारको चौँथो दिन गोवर्द्धन पूजा माडी नदीमा २ जनाको शव फेला

सुनको मूल्यमा भारि वृद्धि, निरन्तर तेस्रो दिन नयाँ रेकर्ड

Reporter

नेपाली बजारमा सुनको मूल्यले निरन्तर तेस्रो दिन नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो।

बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी बुधबार सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर एकपछि अर्को रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर तेस्रो दिन नयाँ उचाई बनाएको हो ।

त्यस्तै, यस दिन चाँदी मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको