Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

साफ महिला फुटबल: नेपाल र भुटानबीचको खेल बराबरी

Reporter

काठमाडौं। राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अंक बाँडेका हुन्। साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो।

खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन्। समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो। यस नतिजासँगै समूह ‘बी’बाट श्रीलंका तीन अंकका साथ शीर्ष स्थानमा छ। नेपाल र भुटान एक/एक अंकका साथ दोस्रो स्थानमा छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको