Logo
10 Nov 2024    २५ कार्तिक २०८१, आईतवार

ताजा खबर

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती फाल्गुनन्दको १४०औं जन्मजयन्ती आज, कोशी प्रदेशमा सार्वजनिक बिदा एमालेले गर्‍यो मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डसँग खेल्दै सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

१५ औं महाधिवेशनमा सभापतिमा उठ्छु : नेता कोइराला

Reporter

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्।

विराटनगरस्थित कोइराला निवासमा आज मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भने, “अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरू आ-आफ्नो कार्यक्षेत्रमा खटिनुहोस्।”

नेता कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गरे। उनले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे।

विसं २०८२ मङ्सिर भित्रै पार्टीको महाअधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिंगाे कांग्रेस पार्टी नै धरासयी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको