Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

Reporter

सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो बेलुका काठमाण्डौमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो । लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सडकमार्गका ठाउँठाउँमा र जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरसमासमेत नाराबाजी गरेका थिए ।

रास्वपा सभापति लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ । उहाँलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई हिजो अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै आउनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको