Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

नेपाल आइडल सिजन–२ को उपाधी कसले जित्लान ?

admin

Nepal Idol season-2 grand finale

काठमाडौं, पुस-६ ।

‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन अब केही घण्टा मात्रै बाँकी रहेको छ । ग्रान्ड फिनालेको समय जति छोटिँदैछ त्यति नै सिजन–२ को विजेता को हुनेछ भन्ने कौतुहलता बढ्दैछ ।

३६ वटा श्रृंखला प्रशारण गरिसक्दा नेपाल आइडल सिजन–२ फिनाले राउण्डमा पुगेको छ । नेपाल आइडल सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइडलले दोस्रो सिजनमा चार जनालाई फिनालेमा उतार्दैछ ।
फिनालेमा पुग्नेमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड रहेका छन् ।

यी चार मध्ये नेपाल आइडल सिजन–२ मा कसले बाजी मार्ने हो, त्यो शुक्रबार साँझ ५ बजेसम्मका लागि खोलिएको भोटिङले निर्धारण गर्दैछ । त्यसैले अहिले नै यही विजेता बन्छन् भनेर भन्न सकिने अवस्था देखिदैन ।
उत्कृष्ट चार जना छनोट गरेपछि आयोजकले प्रतिस्पर्धीलाई भोटिङका लागि होम टाउन पठायो । होम टाउन पुगेका प्रतिस्पर्धीले छिमेकका ठूला-ठुला सहरहरुमा समेत भोटका लागि अपिल गर्न भ्याए । उनीहरुले घरलाई भन्दा पनि दर्शकलाई ज्यादा समय दिएको अर्को श्रृंखलामा देखाइयो ।

गतवर्ष कतारमा सिजन–१ को ग्राण्ड फिनाले आयोजना गरेको नेपाल आइडलले यो वर्ष नेपालमा फिनाले गर्दैछ । ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा शुक्रबार साँझ ६ बजेबाट सिजन–२ को फिनाले सुरु हुँदैछ । ५ सय, एक हजार, १५ सय र २ हजार दरका टिकट बिक्री गरेको नेपाल आइडलले ई–सेवामार्फत टिकट काट्ने व्यबस्था मिलाएको छ ।

‘नेपाल आइडल’ को निर्णायकका रुपमा न्हु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । सिजन-१ मा पनि उनीहरु नै निर्णायकको भुमिकामा थिए । होस्टको रुपमा गत सिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँमा आशिफ शाह रहेका छन् ।
सिजन-१ मा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखेर प्रतिस्पर्धा सन्चालन गरिएको छ ।
‘नेपाल आइडल’ सिजन–२ का विजेताले नगद रु. २२ लाख, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वर्ल्ड टुरको अवसर पाउने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको