Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने

Reporter

अर्जेन्टिनी कप्तान लिओनल मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने भएका छन्।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार राति इन्टर मियामीले पनि क्लब विश्वकप खेल्ने जानकारी दिएका हुन्। मेसी समर्थक यो निर्णायको लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए।

मेसीको अपार लोकप्रियताका कारण दक्षिण फ्लोरिडामा केही खेलहरू आयोजना गर्ने पहिले नै तय गरिएको थियो। हरेक चार वर्षमा आयोजना हुने प्रतियोगितामा फिफाका ६ वटा फुटबल कन्फेडेरेसनका ३२ टोलीको सहभागिता रहनेछ।

सन् २०२५ को जुन १५ मा मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा हुने प्रतियोगिताको पहिलो खेलमा इन्टर मियामीले प्रतिस्पर्धा गर्नेछ।

‘विश्वको उत्कृष्ट क्लबमध्ये एकको रूमा मियामी फिफा क्लब विश्वकप २०२५ मा अमेरिकाको प्रतिनिधित्व गर्न योग्य छ,’ इन्फान्टिनोले भने।

यो प्रतियोगिता जुलाई १३ सम्म चल्नेछ र फाइनल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जुन २०२६ को विश्वकप फाइनलको स्थल पनि हो। अहिलेसम्म क्लब विश्वकपले कुनै पनि प्रमुख अमेरिकी प्रायोजकहरू आकर्षित गरेको छैन र मिडिया अधिकारसम्झौता पनि भएको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको