Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने

Reporter

अर्जेन्टिनी कप्तान लिओनल मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने भएका छन्।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार राति इन्टर मियामीले पनि क्लब विश्वकप खेल्ने जानकारी दिएका हुन्। मेसी समर्थक यो निर्णायको लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए।

मेसीको अपार लोकप्रियताका कारण दक्षिण फ्लोरिडामा केही खेलहरू आयोजना गर्ने पहिले नै तय गरिएको थियो। हरेक चार वर्षमा आयोजना हुने प्रतियोगितामा फिफाका ६ वटा फुटबल कन्फेडेरेसनका ३२ टोलीको सहभागिता रहनेछ।

सन् २०२५ को जुन १५ मा मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा हुने प्रतियोगिताको पहिलो खेलमा इन्टर मियामीले प्रतिस्पर्धा गर्नेछ।

‘विश्वको उत्कृष्ट क्लबमध्ये एकको रूमा मियामी फिफा क्लब विश्वकप २०२५ मा अमेरिकाको प्रतिनिधित्व गर्न योग्य छ,’ इन्फान्टिनोले भने।

यो प्रतियोगिता जुलाई १३ सम्म चल्नेछ र फाइनल न्यूजर्सीको मेटलाइफ स्टेडियममा हुनेछ, जुन २०२६ को विश्वकप फाइनलको स्थल पनि हो। अहिलेसम्म क्लब विश्वकपले कुनै पनि प्रमुख अमेरिकी प्रायोजकहरू आकर्षित गरेको छैन र मिडिया अधिकारसम्झौता पनि भएको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको