
गायिका पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरिएको छ ।
नेपाल सांस्कृतिक तथा चलचित्र केन्द्र नेपाल तथा अमोल भगत मिडिया, भारतको संयुक्त आयोजनामाम आयोजित ग्लोबल एक्सिलेन्ट अवार्डको भव्य समारोहका वीच गायिका काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरिएको हो ।
ब्रिटिश कलेजको हलमा आयोजत उक्त समारोहका प्रमुख अतिथी पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल,विशेष अतिथीहरु वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ अभिनेत्री रश्मि भट, आयोजक समिति नेपालका अध्यक्ष कार्यक्रम आयोजक सन्तोष सुवेदी तथा सह आयोजक संस्थाका प्रमुख भारतिय ईभेन्ट डाईरेक्टर एवं भारतिय फिल्म निर्देशक अमोल भगतले संयुक्त रुपमा काफ्लेलाई अवार्ड प्रदान गरिएको थियो ।
हालै मात्र भारतमा भारतिय चर्चित अभिनेत्री पुनम धिलोन तथा विहारका शिक्षा मन्त्री सुमित सिंहबाट नेपालकै उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित भईसक्नुभएकी गायिका काफ्ले कुशल शिक्षाकर्मी एवं समाजसेवी समेत हुनुहुन्छ ।
नेपालका विभिन्न संघ,संस्थाबाट सम्मानित भईसक्नु भएका काफ्लेका केहि गीतहरुले उत्कृष्ट गायनको अवार्ड जित्न सफल भएको छ ।