कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएकाे छ ।
राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म विमानस्थल पूर्णरूपमा बन्द हुने बताइएकाे छ । , विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले ०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्म राती १० बजेपछि उडान हुने छैनन् ।
विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ । हाल विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म चल्दै आएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको काम जसरी सक्नुपर्ने र विकल्पमा भैरहवा र पोखरा विमानस्थल देखाएकाे छ । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको देखाउन हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डलिङमा ७५ प्रतिशत लगायतका सुविधा छन् ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्क्यासी–वेकाे वार्षिक क्षमता करिब ८० लाख रहेको छ । निर्माणपश्चात १० देखि १५ लाख थपिने हुँदा क्षमता एक करोडको हाराहारी पुग्ने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । एयरपोर्ट रन–वेमा जाने बाटोलाई ट्याक्सी–वे भनिन्छ ।