
काठमाडौँ महानगरपालिकाले करार सेवामा काम गर्नको लागि स्वास्थ्य तर्फका विभिन्न पदमा एकसय आठ जना जनशक्ति माग गरेको छ।
लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।
महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। अनलाइन प्रणालीमार्फत् पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

लोकप्रिय समाचार