Logo
01 Nov 2024    १६ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

माडी नदीमा २ जनाको शव फेला ‘सिजल एण्ड सिस्टर’ले काभ्रेका २५० परिवारलाई वितरण गर्यो राहत सामाग्री अमेरिकामा मनाइयो कुकुर तिहार गैरकानुनी रूपमा सडकमा कर नउठाउन स्थानिय तहलाई गृहको निर्देशन भारतमा ‘देवभुमी आईकन अवार्ड’ सम्पन्न लक्ष्मीपूजाको दिन हिजो बिजुलीको उच्च माग, १ हजार ६ सय २ मेगावाट

रास्वपाको पोखरामा आज अन्तिम प्रदर्शन

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्ने भएको छ। सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको छ।

पोखरामा बिहीबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने जनाएको छ। पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रीत प्रदर्शन सुरु गर्ने पनि बताएको छ।

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाका नेताहरुले आरोप लगाएका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन्। उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन्।

उनले सहकारी पिडितहरु आफुहरुको आन्दोलनमा सहभागी भएको दाबि गर्दै नक्कली पिडितले प्रदर्शन गरिरहेको समेत दाबी गरे।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको