
नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा ५ पटकको विजेता भारतसँग खेल्ने भएको छ ।
दशरथ रंगशालामा बिहीबार भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
३ खेलपछि भुटान र नेपाल दुवैले समान ७ अंक जोडे। गोलअन्तरमा नेपाल विजेता र भुटान उपविजेता बने। बिहीबार भएको खेलमा भुटानले मालदिभ्सलाई १३–० गोलले हराएपछि नेपाललाई समूह विजेता बन्न सजिलो थिएन । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा मालदिभ्सलाई ११–० गोलले हराएको थियो ।

लोकप्रिय समाचार