Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

सेभेन समिट सकेर फर्किएका निम्सलाई विमानस्थलमा भव्य स्वागत

Reporter

सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) को चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही निर्मल पुर्जा ‘निम्स’ को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनले सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको आइतबार १:५० मा सफल आरोहण सकेर निम्स नेपाल फर्किएका हुन् । क्यास्टेर्न पिरामिड विश्वको सात शिखरमध्येको एक हो ।

विना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल ९सेभेन समिट० आरोहण गर्ने पहिलो आरोही बनेका छन् निम्स ।

विमानस्थलमा उनको स्वागतमा सयौँ युवाहरूले मोटरसाइकल र्‍याली निकालेका थिए । उनलाई विमानस्थलबाट गौशाला, चाबहिल हुँदै बौद्ध गुम्बा पुर्‍याइएको थियो ।

१४ वटै हिमाल आरोहणको सफलता लिएर फर्केका ९ जना आरोहीलाई सम्मान गरिएको थियो । १४ वटै हिमाल सफल आरोहण गरी फर्किएका निम्ससहित ९ जना आरोहीलाई यसअघि असार अन्तिम साता नागरिक स्तर र राज्यबाट अभिनन्दन गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको