Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

करणको फिल्म शुद्धिमा प्रभासले खेल्ने पक्का

admin

prabhash on shuddi

काठमाडौं, पुस-६ ।

बलिवूड निर्देशक करण जोहार उनको नयाँ फिल्म ‘शुद्धि’का लागि पछिल्लो तीन वर्षदेखि काम गरिरहेका छन् । फिल्मको मुख्य अभिनेताका लागि ऋतिक रोशनदेखि सलमान खानसम्मको नाम बाहिर आएको थियो पछि गएर वरुण धवन पनि यस फिल्मसँग जोडिए ।

तर, करणको फिल्मको विषयवस्तु यति गह्रौँ थियो कि कसैले चुनौती स्वीकार गर्नै सकेनन् । अ्हिले अन्तिममा सो फिल्ममा प्रभासले अभिनय गर्ने कुरा पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बाहुबली सिरिजबाट एकाएक चर्चाको शिखरमा पुगेका प्रभासको आउन लागेको नयाँ फिल्म ‘साहो’ हो । फिल्म ‘साहो’ आउने अगस्टमा रिलिज हुँदै छ । यो फिल्म हिन्दी भाषामा पनि एकसाथ आउँदै छ । शुद्धि नै प्रभासको लागि बलिउड डेब्यु फिल्म हुने जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको